रुसको कब्जाका बीच युक्रेनले स्वतन्त्रता दिवस मनाउँदै, नौ हजार सेना मारिए

काठमाडौँ । रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब नौ हजार युक्रेनी सैनिक मारिएको बताइएको छ । छ महिनादेखि रुस–युक्रेन युद्ध जारी छ ।
युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारबीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन् । युक्रेनका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका छन् ।
थुप्रै बालबालिकाका अभिभावक युद्ध मैदानमा छन् । तीमध्ये कतिपय त मारिका छन् । बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ । जारी युद्धका बीच यही बुधबार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदै छ ।
मस्कोको सेनाले राजधानी कीभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ । छ महिनादेखि जारी रुस–युक्रेन युद्धले ऊर्जा इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ । विश्वभर युद्धको झट्का महसुस भइरहेको छ ।
यसैबीच रुसको एफएसबी सुरक्षा सेवाले सोमबार मस्कोको बाहिरी इलाकामा शनिबार भएको कार बम विष्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ । सो विष्फोटमा परी कट्टर रुसी विचारधाराका नेता अलेक्ज्याण्डर डगकी छोरी डारिया डुगिना मारिएकी छन् ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया