कङ्गोमा इबोलाका नयाँ सङ्क्रमित फेला

काठमाडौँ । अफ्रिकी देश कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ एक जनामा सोमबार इबोला भाइरसको सङ्क्रमण भेटिएको हो ।
कङ्गोको स्वास्थ्य मन्त्रालयले कङ्गोको उत्तरी प्रान्त किभुमा एक जनामा इबोला भाइरसको सङ्क्रमण देखिएको एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।
यहाँ यसअघि पनि गत जुलाईमा ४६ वर्षका एक जना पुरुषमा इबोला भाइरसको सङ्क्रमण देखिएको थियो । इबोलाका कारण उनको यही अगष्ट १७ मा निधन भएको मन्त्रालयले जनाएको थियो ।
यसअघि पनि सन् २०१८ र सन् २०१९ मा अफ्रिकी मुलुक कङ्गोका दुई उत्तरी प्रान्त किभु र इतुरीमा इबोला भाइरसको ठूलो सङ्क्रमण भेटिएको थियो ।
सङ्क्रमणमा यहाँका तीन हजार आठ सयभन्दा बढी व्यक्ति प्रभावित भएका थिए । दुई वर्षको अवधिमा मात्र यहाँका दुई हजार दुई सयभन्दा बढीको निधन पनि भएको थियो ।
त्यससमय अफ्रिकाका अरु देशमा पनि इबोलाको सङ्क्रमण पाइएको थियो । त्यसमा परेर हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए ।













लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया