बालेन साहको ‘एक्सन’ : यी स्थानमा चलाए डोजर, भत्काए संरचना

काठमाडौँ । काठमाडौँ महानगरले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पासविपरीत बनाइएका संरचना भत्काउन थालेको छ ।
महानगर मेयर बालेन्द्र साह (बालेन) आफैँ उपस्थित भएर अनधिकृत संरचना भत्काउन थालेका हुन् । नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै बुधबार मेयर बालेन सुन्धरा, न्युरोड, दरबारमार्ग र बबरहमल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन र सम्बन्धित् पक्षको जवाफ मागेका छन् ।
संरचना भत्काउनुअघि सम्बन्धित पक्षको जवाफ माग्ने र ३५ दिन समय दिएको महानगरले बुधबार सुन्धरास्थित काठमाडौँ मलको अनधिकृत रुपमा बनाइएको संरचनाम डोजर लगाएर भत्काएको छ ।
बुधबार नै मेयर बालेनको उपस्थितिमा महानगरको टोलीले न्युरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचनामा डोजर लगाएर भत्काइएको छ ।
यसैगरी महानगरले बबरहमलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै प्रमाणपत्र पठाउन पत्राचार गरेको महानगरले अदालतको अण्डर ग्राउण्डमा आशंका गरेको हो ।
नयाँ बानेश्वरमा पार्किङका लागि बनाइएको अण्डर ग्राउण्डमा पसल सञ्चालन भएको पाइएपछि अदालतको अण्डर ग्राउण्डबारे महानगरको चासो बढेको हो ।
बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेका थिए । दरबारमार्ग क्षेत्रमा सडकमै जथाभावी पार्किङ गरिएपछि मेयर बालेन सो क्षेत्रमा पुगेका हुन् । मेयर बालेन आजै कोटेश्वर क्षेत्रको फुटपाथ र पार्किङको अनुगमनमा जाने तयारी गरेका छन् ।
नक्सा पासविपरीत तथा अनधिकृत रुपमा बनाइएको संरचना हटाउन मेयर बालेन महानगरको टोली र प्रहरीसहित पुग्ने गरेका छन् ।
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया