नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड पोखरामा सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भदौ ५–७ गते विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्याकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका थिए । सिइओ पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समीक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा श्री पराजुलीले चाल आ.व. फाल्कन इयर २०७९/८० को र कम्पनीको कर्पोरेट भिडियोहरुको अनावरण गरेका थिए ।
कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुई जना अभिकर्तालाई जनही एक लाखसहित विशेष सम्मान गरिएको थियो । नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको वोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराएकोमा सम्मान गरिएको छ ।
कोभिड १९ का कारण विगत तीन आर्थिक वर्षदेखि अभिकर्ताहरुको सम्मेलन हुन सकिरहेको थिएन । कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सवैभन्दा उत्कृष्ट रहेका प्रत्येक वर्ष ५० मा पर्नेहरुलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको थियो । यसरी सहभागी हुने २०५ जना अभिकर्ताहरुलाई सिल्ड तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
समान्नितमध्ये प्रत्येक वर्ष पहिलो, दोस्रो, तेस्रो स्थान हासिल गर्ने अभिकर्तालाई नगदसहित सम्मान गरिएको थियो । प्रथम स्थान हासिल गर्नेलाई दुई लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतीय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियोे ।
कार्यक्रमको उद्घाटन सत्रलगत्तै बैंकर तथा मोटिभेसन स्पिकर अनिल केशरी शाहले कार्यक्रममा उपस्थित सम्पूूर्णमा मोटिभेसन प्रदान गरेका थिए । उनले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवका साथ सबैलाई उत्प्रेरणा, हौसला प्रदान गर्दै आ–आफ्नो काम प्रति उत्साहित बनाएका थिए ।
कार्यक्रममा सहभागीमध्ये मदन भट्ट, देवी प्रसाद जैसी र रक्षा महराले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा, सहभागीमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । जसमा विभिन्न खेलकुदका कार्यक्रम आयोजना भएको थियो ।
उक्त कार्यक्रममा कम्पनीका नेशनल शेल्स हेड उमापति पोखरेल, वरिष्ठ सहायक महाप्रबन्धक ओमप्रकाश पुडासैनी, स्ट्राटेजी हेड अमित कयाल, कम्पनी सचिव विनोद भुजेल, प्रबन्धक सुनिता पोखरेल, जोन प्रमुखहरु र रिजनल प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया