कांग्रेसले खटायो सुदूरपश्चिमका प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि, को कहाँ ?

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले सुदूरपश्चिम प्रदेश कार्य समितिले सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ ।
३२ ओटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यलाई प्रतिनिधिको रूपमा खटाएको कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्न प्रतिनिधि खटाएको कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बताए ।
कुन निर्वाचन क्षेत्रमा को खटिए ?
१, लोकराज अवस्थी : उप–सभापति, कैलाली क्षेत्र नं. ५ ख
२, जनकराज चौधरी : उप–सभापति, अछाम क्षेत्र नं. १ क
३, मेघराज खड्का : महामन्त्री, कञ्चनपुर क्षेत्र नं. २ क
४, गोपाल दत्त भट्ट : सह–महामन्त्री, कैलाली क्षेत्र नं. ४ क
५, चिन्तामणी भट्ट : सह–महामन्त्री, बझाङ्ग क्षेत्र नं. १ क
६, उत्तम कठायत : कोषाध्यक्ष, कञ्चनपुर क्षेत्र नं. १ क
७, अनुराधा स्वाँर : सदस्य, कैलाली क्षेत्र नं. १ क
८, ज्ञानेन्द्र बहादुर सिंह : सदस्य, कैलाली क्षेत्र नं. १ ख
९, तुलाराम साउँद : सदस्य, कैलाली क्षेत्र नं. २ क
१०, गौरी सिंह बोहरा : सदस्य, कैलाली क्षेत्र नं. २ ख
११, राम बहादुर देउवा : सदस्य, कैलाली क्षेत्र नं. ३ क
१२, सुरत बहादुर रावत (डोटेली कान्छा) : सदस्य, कैलाली क्षेत्र नं. ३ ख
१३, भक्त बहादुर ठकुल्ला : सदस्य, कैलाली क्षेत्र नं. ४ ख
१४, कान्ता चन्द : सदस्य, कैलाली क्षेत्र नं. ५ क
१५, पदम बहादुर शाही : सदस्य, कञ्चनपुर क्षेत्र नं. १ ख
१६, मदन गिरी : सदस्य, कञ्चनपुर क्षेत्र नं. २ ख
१७, दाउत तामाङ : सदस्य, कञ्चनपुर क्षेत्र नं. ३ क
१८, करवीर सिंह कार्की : सदस्य, कञ्चनपुर क्षेत्र नं. ३ ख
१९, दिवाकर पाण्डेय : सदस्य, डडेल्धुरा क्षेत्र नं. १ क
२०, रुपा आउजी : सदस्य, डडेल्धुरा क्षेत्र नं. १ ख
२१, निर्मला बोगटी विष्ट : सदस्य, बैतडी क्षेत्र नं. १ क
२२, धर्मानन्द भट्ट : सदस्य, बैतडी क्षेत्र नं. १ ख
२३, तेज बहादुर चन्द : सदस्य, दार्चुला क्षेत्र नं. १ क
२४, तिलक राज जोशी : सदस्य, दार्चुला क्षेत्र नं. १ ख
२५, धनराज पण्डित : सदस्य, बझाङ्ग क्षेत्र नं. १ ख
२६, टेकराज जोशी (डि.के.) : सदस्य, डोटी क्षेत्र नं. १ क
२७, राज समझ चौधरी : सदस्य, डोटी क्षेत्र नं. १ ख
२८, रन सिंहबहादुर ऐडी : सदस्य, अछाम क्षेत्र नं. १ ख
२९, राजेश टमट्टा : सदस्य, अछाम क्षेत्र नं. २ क
३०, केशरी विष्ट : सदस्य, अछाम क्षेत्र नं. २ ख
३१, गणेशबहादुर विष्ट : सदस्य, बाजुरा क्षेत्र नं. १ क
३२, राजेन्द्रबहादुर खड्का : बाजुरा क्षेत्र नं. १ ख
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया