डान्स पार्टीको यसरी बचाउ गरिन फिनल्यान्डकी प्रधानमन्त्रीले

हेलसिन्की । यसै साता एउटा पार्टीमा गएर नाचेको भिडियो सार्वजनिक भएपछि विवादित बनेकी फिनल्यान्डकी प्रधानमन्त्रीले आफ्नो बचाउ गरेकी छिन् । भिडियोको आलोचना भएपछि ३६ वर्षीया सान्ना मारिनले आफूसँग निजी जीवनको अधिकार भएको बताएकी छिन् ।
‘म मानिस हुँ । यो कालो बादलबीच म पनि कहिलेकाही आनन्द, खुसीयाली र केहीलेकाही रमाइलो गर्न मन पराउँछु’ राजधानी हेलसिन्कीबाट उत्तरमा रहेको लहिटी सहरमा सोसल डेमोक्रयाटिक पार्टी ९एसडीपी०को कार्यक्रममा उनले भनिन् ।
‘यो निजी हो । यो आनन्द र जीवन हो’ उनले भनिन्, ‘तर, मैले एक दिन पनि आफ्नो काम कर्तव्यबाट बिमुख भएकी छैन् ।’ गत साता ‘निकै गा¥हो’ भएको उनले बताइन् ।
‘म विश्वास गर्न चाहन्छु कि मानिसहरूले हामीले हाम्रो फुर्सदको समयमा के गर्छौं भन्दा पनि काममा के गर्छौं भनेर हेर्नेछन्,“ उनले भनिन् ।
एउटा कार्यक्रममा मस्तसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनले लागूऔषध सेवन गरेको अनुमान गरिएको थियो । त्यसलगत्तै उनले ड्रग टेस्ट परीक्षण गरेकी थिइन् । परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ ।
उनको रिपोर्ट पोजेटिभ आएपछि उनको नाचको नक्कल गर्दै भिडियो सार्वजनिक भएका छन् ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया