सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमा भिड्ने
मेरोन्यूज
२०७९ भदौ ९ गते ८:५६

काठमाडौं । साविक प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले काराबाओ कपको तेस्रो चरणमा गत सिजनको उपविजेता चेल्सीसँग प्रतिस्पर्धा गर्ने भएको छ । सिटीले घरेलु इतिहाद रंगशालामा चेल्सीलाई निम्त्याउने छ ।
यसैगरी नटिङ्घम फरेस्टले टोटनहम तथा म्यानचेस्टर युनाइटेडले काराबाओ कपको तेस्रो चरणमा एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछन् ।
साविक विजेता लिभरपुलले लिग वानको टोली डर्बी काउन्टीसँग खेल्दा लिग टु का न्युपोर्ट काउन्टी र जिलिंगहम ले क्रमसस् लेस्टर सिटी र ब्रेन्टफोर्डको भ्रमण गर्नेछन् ।
प्रिमियर लिगको शीर्ष टोली आर्सनलले ब्राइटनको सामना गर्दा उल्भ्सले लिड्सलाई निम्त्याउनेछ । न्युक्यासलले क्रिस्टल प्यालेस तथा बर्नमाउथले एभर्टनसँग खेल्नेछन् ।
काराबाओ कपको तेस्रो चरणका खेलहरु नोभेम्बर ८ र १० मा हुनेछन् ।
सम्बन्धित









कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
प्रतिक्रिया