साफ च्याम्पियनसिपको दुई हप्ता अघि नै भुटानी टिम नेपालमा

काठमाडौं । साफ महिला च्याम्पियनसिप खेल्न भुटानको महिला फुटबल टिम बिहीबार बिहान काठमाडौं आइपुगेको छ ।
२१ भदौदेखि दशरथ रंगशालामा हुने प्रतियोगिता खेल्न भुटानी टिम झण्डै दुई हप्ता अगाडि नै नेपाल आइपुगेको हो । भुटान नेपालमा केही अभ्यास खेल खेल्ने तयारी स्वरुप केही अगाडी नै नेपाल आइपुगेको हो । आसन्न साफका लागि नेपाल आइपुग्ने पहिलो टिम भुटान नै हो ।
बिहान करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भुटानी टिमलाई अखिल नेपाल फुटबल संघका पदाधिकारी र नेपाली राष्ट्रिय महिला टिमका पूर्व खेलाडी दीपा अधिकारी लगायतले स्वागत गरे ।
सन् २०१९ पछि कोभिड १९ का कारण निरन्तर हुन नसेकेको साफ फेरि नेपालमै हुन लागेको हो । यसअघि २०१९ मा पनि नेपालकै विराटनगरमा भएको थियो ।
प्रतियोगितामा आयोजक नेपाल, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स सहभागी हुने निश्चित छ । तर, भारत भने फिफाको प्रतिबन्धका कारण सहभागी हुने वा नहुने भन्ने निश्चित भइसकेको छैन ।
















बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
प्रतिक्रिया