भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त

नयाँ दिल्ली / भारतको सरकारले मार्चमा पाकिस्तानमा ‘दुर्घटनावश मिसाइल प्रहार’ गरेको आरोपमा वायुसेनाका तीन अधिकारीलाई बर्खास्त गरेको छ । यो घटनाले दुई आणविक हतियारयुक्त देशबीच तनाव बढाएको थियो । दिल्लीले उक्त घटनालाई नियमित मर्मतसम्भारको क्रममा प्राविधिक खराबी भएको जनाएको थियो ।
इस्लामावादले दिल्लीलाई ‘यस्ता लापरवाहीका अप्रिय परिणामहरूप्रति सजग रहन’ र भविष्यमा नदोहोर्याउन चेतावनी दिएको छ । ९मार्चको घटनाका लागि जिम्मेवार अधिकारीहरूलाई सेवाबाट बर्खास्त गरिएको भारतीय वायुसेनाले एक विज्ञप्तिमा जानकारी दिएको छ ।
ब्रह्मोस रसिया र भारतले संयुक्त रूपमा विकास गरेको एक परमाणु-सक्षम क्रुज मिसाइल हो । क्षेप्यास्त्रले मार्च ३ मा १२ हजार मिटरको उचाईमा पुगेर दुर्घटना हुनुअघि पाकिस्तानी आकाशमा १२४ किलोमिटर उडेको थियो ।
क्षेप्यास्त्रले भारत र पाकिस्तानी हवाई क्षेत्रमा धेरै यात्रु र अन्तर्राष्ट्रिय उडानका साथै जमिनमा मानव जीवन र सम्पत्तिलाई खतरामा पारेको पाकिस्तानी वायु सेनाले जनाएको छ ।
















रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया