गठबन्धनको बालुवाटार बैठक
गठबन्धनमा सिट बाँडफाँट : कार्यदल शीर्षको मुख ताक्ने, शीर्ष कार्यदललाई नै भारी बोकाउने
कार्यदलको बैठक साँझ फेरि बस्ने, १६५ क्षेत्रकै विस्तृत प्रतिवेदन तयार पार्न फेरि कार्यदललाई निर्देशन

काठमाडौं । सत्तारूढ गठबन्धन दललाई सिट बाँडफाँट पेचिलो परेको छ । गत साउन २२ गते कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा कांग्रेसका तीन र माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र राष्टिय जनमोर्चाका २, २ नेता रहने गरी ११ सदस्यीय कार्यादल बनाएर गृहकार्य गर्न भनेपनि अहिमलेसम्म सिट बाँडफाँटको कुनै आधार नै गठबन्धन दलले भेटाउन सकेका छैनन ।
साउन मसान्तसम्मै काम सक्न कार्यादललाई भनेपनि कार्यादलले कुनै छेकछन्द ल्याउन नसकेपछि शीर्ष नेताहरुसहित नै कार्यादलको बैठक बसेको थियो । बिहिबार विहान बसेको शीर्ष नेतासहितको कार्यादल सदस्य समेत सहभागी बैठक पनि बिना निश्कर्ष सकिएको छ ।
बैठकले घुमाईफिराई कार्यदलतिरै बाँडफाँटको प्रस्ताव ल्याउन निर्देशन गरेको छ।
बिहिबार बसेको बैठकले कार्यदललाई १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन निर्देशन दिएको कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘आज फेरि कार्यदलमै जिम्मेवारी दिने शीर्षस्थ नेताबाट निर्देशन भएको छ,’ उनले भने, ‘कार्यदललाई १६५ नै निर्वाचन क्षेत्रको अवस्था को बारेमा विस्तृत प्रतिवेदन पेस गर्ने जिम्मेवारी प्रदान भएको छ ।’
कार्यदलको बैठक पुनः ४ बजे बस्ने उनले बताए ।
कार्यादलले २०७४ सालमा दलहरुले वितेको निर्वाचन क्षेत्र, त्यसवेला दलहरुले प्राप्त गरेको समानुपातिक मत र अहिलेको स्थानीय तहमा दलहरुको स्थान लाई आधार बनाएर निर्वाचन क्षेत्र वाँडफाँटको प्रतिवेदन बनाउने भनेपनि बनाइएका मापदण्डको ब्याख्यामै दलहरुले आफु अनुकुल गर्न थालेपछि सिट बाँडफाँट पेचिलो बनेको हो ।
त्यसपछि कार्यादलले शीर्ष नेताहरुको मुख ताकेका थिए । शीर्ष नेताहरुको बैठकमा पनि दलहरुका आ आफ्नै ब्याख्या भएपछि फेरि शीर्षले एउटा खाका भएपनि कार्यादलबाटै आओस् भनेर कार्यादलतिरै प्रस्ताव फर्काएका छन् । कार्यादलका एक सदस्यले भने,–‘हामी शीर्ष नेताहरुको मुख ताक्ने, शीर्ष हामीलाई नै भारी बोकाईदिने तिरै छलफल केन्द्रीत भईरहेको छ । कुनै निश्कर्ष निस्कने संकेत देखिएको छैन ।’

















सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली
भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया