अल्फाबिटा कम्प्लेक्सको बेसमेन्टमा डोजर चलेपछि…
मेरोन्यूज
२०७९ भदौ ९ गते १५:५७

काठमाडौं । काठमाडौं महानगरपालिको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सको बेसमेन्ट भत्काउन सुरू गरेको छ । मापदण्डविपरीत बेसमेन्टको दुरुपयोग गरिएको भन्दै महानगरले डोजर लगाएर भत्काएको हो ।
आज काठमाडौंका मेयर बालेन्द्र साह अल्फाबिटा कम्प्लेक्समा पुगेर अनुगमन गरेका थिए । त्यसक्रममा उनको कम्प्लेक्सका मालिक द्विराज शिवाकोटीसँग विवाद भएको थियो । अल्फाबिटाले पार्किङका लागि प्रयोग गर्नुपर्ने बेसमेन्ट अवैध तरिकाले व्यवसायिक प्रयोजनमा भाडामा लगाएको बालेनको आरोप छ ।

नक्शाको अध्ययनपछि अल्फाबिटाले बेसमेन्टको अनधिकृत प्रयोग गरेको निष्कर्ष महानगरले निकालेको छ । महानगरले आजै बेसमेन्ट भत्काउन लागेको हो । बालेनको निर्देशनमा नगरप्रहरीहरू डोजर लिएर अल्फाबिटा पुगिसकेका छन् ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया