गम्भीर रोग लागेका बिरामीलाई काठमाडौं महानगरले मासिक पाँच हजार उपचार खर्च दिने

काठमाडौं । काठमाडौं महानगरले गम्भीर रोग लागेका बिरामीलाई मासिक पाँच हजार उपचार खर्च दिने निर्णय गरेको छ । मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने महानगरले जनाएको हो ।
महानगरले बिहीबार सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधोपचारबापत खर्च उपलब्ध गराइने बताएको छ । महानगरले तोकिएका बिरामीलाई निवेदन दिन सूचनामार्फत आग्रह गरेको छ । महानगरको ३१ साउनको निर्णयअनुसार बिरामीको विवरण माग गरिएको हो ।
महानगरमा स्थायी बसोबास गरिरहेका र राज्यबाट अन्य कुनै सेवा–सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएका बिरामीलाई बिरामीको विवरण कागजातसहित आफ्नो वडा कार्यालयमा निवेदन दिन भनिएको छ ।
निवेदन दिन नेपाली नारिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अन्यत्रबाट बसाइँ सरेर आएको हकमा बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपि, चिकित्सकबाट प्रमाणित गर्न उपचार भइरहेको अस्पतालको चिकित्सकबाट प्रमाणित गरिएका अन्य कागजात र मेरुदण्ड पक्षघात भएका व्यक्तिका हकमा अपांगता परिचयपत्रको (रातो वा नीलो) प्रतिलिपि बुझाउन महानगरले आग्रह गरेको छ ।











रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया