बिहीबार, फागुन ७, २०८२

सत्ता गठबन्धन बैठकमा माओवादीले दाबी गर्‍यो ६० सिट, अरूले कति ?

मेरोन्यूज २०७९ भदौ ९ गते २०:३०

काठमाडौं । आगामी मंसिरमा हुने संघीय निर्वाचनमा सत्ता गण्बन्धनका दलहरुले औपचारिक सिट दाबी गरेका छन् । बिहीबार बेलुकी बसेको सत्ता गठबन्धन कार्यदलको बैठकमा दलहरुले औपचारिक सिट दाबी गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा नेपाली कांग्रेसले एक सय सिट दाबी गरेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)ले ६० सिट, एकिकृत समावपादीले ४० सिट, जनता समाजवादी पार्टीले ३२ सिट र राष्ट्रिय जनमोर्चा दुई सिट दाबी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

गत गत साउन २२ गते सत्ता गठबन्धनले सिट भागबन्डा व्यवस्थापनका लागि ११ सदस्यीय कार्यदल बनाएको थियो । सोही कार्यदलले आज पहिलो पटक सिट दाबी गरेका हुन ।

प्रस्तावित सिटबारेमा गठबन्धनमा थप छलफल गर्ने छ । सत्ता गठबन्धनको बैठक भोलि ४ बजे फेरि बस्ने छ ।

प्रतिक्रिया