भारतमा एकै परिवारका छ जना शव फेला

काठमाडौँ । भारतमा शुक्रबार एकै परिवारका छ जना मृत भेटिएका छन् । देशको अम्बालाअन्तर्गत पर्ने बालाना गाउँका छ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलमा उनीहरूले मृत्युअगाडि लेखेको पत्रसमेत बरामद गरेको जनाएको छ । तर, पत्रमा लेखिएको विषयबारे प्रहरीले केही बताएको छैन् ।
घटनामा ६५ वर्षका संगत राम, ३४ वर्षका सुखविण्डर सिंह, संगतकी श्रीमती महिन्द्रा कौर, सुखविण्डरकी श्रीमती रिना, सिंहका दुई छोरीहरू अशु र जास्सीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानबाट उनीहरूको आत्महत्या भएको आशंका गरिएको छ । प्रहरी उपनिरीक्षक जोगिन्दर शर्माले घटनाबारे अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी रहेको बताए ।
उनीहरूको शव जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा राखिएको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया