भारतमा एकै परिवारका छ जना शव फेला

काठमाडौँ । भारतमा शुक्रबार एकै परिवारका छ जना मृत भेटिएका छन् । देशको अम्बालाअन्तर्गत पर्ने बालाना गाउँका छ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलमा उनीहरूले मृत्युअगाडि लेखेको पत्रसमेत बरामद गरेको जनाएको छ । तर, पत्रमा लेखिएको विषयबारे प्रहरीले केही बताएको छैन् ।
घटनामा ६५ वर्षका संगत राम, ३४ वर्षका सुखविण्डर सिंह, संगतकी श्रीमती महिन्द्रा कौर, सुखविण्डरकी श्रीमती रिना, सिंहका दुई छोरीहरू अशु र जास्सीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानबाट उनीहरूको आत्महत्या भएको आशंका गरिएको छ । प्रहरी उपनिरीक्षक जोगिन्दर शर्माले घटनाबारे अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी रहेको बताए ।
उनीहरूको शव जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा राखिएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया