करिश्मालाई पैसा थमाउँदै निहारिकाले भनिन् : आफ्नो बच्चा पाल्न सक्छु

काठमाडौँ । ‘कुमारी आमा’को उपनामले परिचित निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरसँग सहयोग स्वरुप लिएको पैसा फिर्ता गरेकी छन् । उनले २१ हजार रुपैयाँ फिर्ता गरेकी हुन् ।
निहारिकाले २१ हजार रुपैयाँसँगै आफ्नो छोराका लागि दिइएको चश्मासमेत फिर्ता गरेकी छन् । एक पार्टी प्यालेसमा तिजको कार्यक्रममा पुगेकी करिश्मालाई उनले पैसा र चश्मा थमाइदिएकी हुन् । पैसा दिँदै उनले करिश्मालाई भनिन्, ‘प्लिज तपाईं आफ्नो पैसा राख्नुस्, म आफ्नो बच्चा पाल्न सक्छु ।’
करिश्माले सुरुमा पैसा फिर्ता लिन मानेकी थिइनन् । तर, निहारिकाले हातमा थमाइदिएपछि लिएकी थिइन् । उनले भनिन्, ‘आमा सोचेर लिएको थिएँ, अब तपाईंको दया चाहिएन ।’
निहारिका अनशन बसेको बेला करिश्माले भावुक हुँदै सहयोग स्वरुप २० हजार दिएकी थिइन् । तर, पछि निहारिकालाई पीडित भनेर सहयोग गरे पनि पीडित नभएको भन्दै निजी तस्बिरहरू सामाजिक सञ्जालमा राख्दै सहयोग गरेकोमा पछुतो मानेकी थिइन् ।न्दै उनले निहारिकाको नीजि तस्विर सामाजिक सञ्जालमा पोस्ट गरिन् ।
यस घटनालाई लिएर निहारिकाले करिश्माविरुद्ध उजुरी हाल्ने तयारीमा छिन् ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया