दिउँसै हतियार देखाएर आईएमईबाट पैसा लुटपाट
काठमाडौँ । सर्लाहीको दक्षिणी क्षेत्र गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा दिन दिउँसै लुटपाट भएको छ । शुक्रबार बिहान सर्लाहीको गोडैता नगरपालिका ८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट भएको हो ।
चार जनाको समूहमा रहेका नकाबधारीले हतियार देखाएर आईएमईबाट आठ लाखभन्दा बढी रकम लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटेरा समूह रकम लुटेर तत्काल फरार भएको स्थानीयले बताए । घटनास्थलबाट दुई सय मिटरको दुरीमा प्रहरी चौकी रहेको छ ।
लुटेरा समूहले आईएमईबाट एक थान कम्प्युटरसहित नगद आठ लाख ५० हजार रुपैयाँ लुटेर लगेको आईएमई संचालकको भनाइ छ । बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह आएका र उनीहरुले हतियार देखाएर लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए ।
घटनालगत्तै प्रहरी नायव उपरीक्षकको कमाण्डमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको हो । प्रहरी नायव उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया