मेयर शाहको गतिविधिले हाम्रो राजनीतिमाथि आघात पुग्छ : नेता विश्वकर्मा

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन् । मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचना डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया दिएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले भौतिक संरचना हटाउँदा अराजकता सिर्जना गरेको भन्दै आपत्ति जनाएका हुन् ।
गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरले अराजक गतिविधि गर्न नहुने बताए । यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाइ थियो ।
‘हामी आज बजारमा के के देख्दै छौ त ? भत्काउँदै हिँडनु भएको छ नि हैन, मेयर साव, हाम्रो सिष्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ? अब भोलिदेखि सबै मेयरहरुले भत्काउँदै हिँडने हो भने त, गृह मन्त्रीलाई बन्दुक चलाउने अधिकार छ, स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ,’ उनले भने, ‘अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँडनु भयो भने के हुन्छ ? हाम्रो सिष्टमलाई कति व्यवहारिक र अनुशासित भएर सञ्चालन गर्छौ ? हामीले छलफलयता केन्द्रीत नगरेको हो कि ? हामीले अराजक गतिविधिलाई बढावा दिइरहेका छौँ, त्यसलाई विधिअनुसार चलाउनु पर्छ, गल्ती गर्नेलाई पत्र काटे भयो, उसलाई उपस्थित गराउने, बयान लिने र जरिवाना गरे भइहाल्यो, यतातिर ध्यान दिन जरुरी छ ।’
नेता विश्वकर्माले गल्ती गर्नेहरूलाई मेयर शाहले बयान लिने, जरिवाना गर्ने प्रावधान भए पनि आंतकित बनाउने काम गरेको गुनासो गरे । उनले मेयर शाहको यस्तो गतिविधिले हाम्रो राजनीतिक प्रणालीमाथि आघात पु¥याउने तर्क गरे ।
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया