बुधबार, माघ ७, २०८२

साओमीको साओमी-१२ लाइट नेपाली बजारमा सार्वजनिक

मेरोन्यूज २०७९ भदौ १० गते १८:४६

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी–१२ लाइट नेपाली बजारमा ल्याएको छ । हरेक व्यक्तिको छुट्टाछुट्टै व्यक्तित्वलाई मध्यनजर गरेर साओमी १२ डिजाइन गरिएको हो ।

लञ्चमा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले साओमीले नवीनतम प्रविधिमा अपडेट भइरहन रुचाउने ग्राहकलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेट विकास गरेका बताए ।

उनले भने, ‘हामीले हाम्रो मोष्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ, यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभुतपूर्व अनुभव लिनु हुने छ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।’

‘यसमा फ्ल्यागशिप डिजाइन त छ नै, साथै १०८ एमपीको मेन क्यामरा, ८ एमपीको अल्ट्रा वाइड एङल क्यामरा र २ एमपीको म्याक्रो क्यामरा भएकाले उपभोक्ताले लक्जरियस एक्स्पिरियन्स लिन सक्नु हुने छ,’ उनले भने ।

साओमीको ६+१२८ जिबी र ८+१२८ जिबी स्टोरेजसहित लाइट हरियो, गुलाफी र कालो रंगमा उपलब्ध छ । यसको मूल्य ६+१२८ जिबीको ५० हजार ९९९ रुपैयाँ र ८+१२८ जिबीको ५३ हजार ९९९ रहेको छ । यो सेट नेपालका सम्पूर्ण आधिकरिक स्टोरहरुमा उपलब्ध हुने छ ।

प्रतिक्रिया