साओमीको साओमी-१२ लाइट नेपाली बजारमा सार्वजनिक

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी–१२ लाइट नेपाली बजारमा ल्याएको छ । हरेक व्यक्तिको छुट्टाछुट्टै व्यक्तित्वलाई मध्यनजर गरेर साओमी १२ डिजाइन गरिएको हो ।
लञ्चमा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले साओमीले नवीनतम प्रविधिमा अपडेट भइरहन रुचाउने ग्राहकलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेट विकास गरेका बताए ।
उनले भने, ‘हामीले हाम्रो मोष्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ, यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभुतपूर्व अनुभव लिनु हुने छ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।’
‘यसमा फ्ल्यागशिप डिजाइन त छ नै, साथै १०८ एमपीको मेन क्यामरा, ८ एमपीको अल्ट्रा वाइड एङल क्यामरा र २ एमपीको म्याक्रो क्यामरा भएकाले उपभोक्ताले लक्जरियस एक्स्पिरियन्स लिन सक्नु हुने छ,’ उनले भने ।
साओमीको ६+१२८ जिबी र ८+१२८ जिबी स्टोरेजसहित लाइट हरियो, गुलाफी र कालो रंगमा उपलब्ध छ । यसको मूल्य ६+१२८ जिबीको ५० हजार ९९९ रुपैयाँ र ८+१२८ जिबीको ५३ हजार ९९९ रहेको छ । यो सेट नेपालका सम्पूर्ण आधिकरिक स्टोरहरुमा उपलब्ध हुने छ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया