चोक चोकमा प्रोजेक्ट राखेर फिल्म चलाउँछौँ : अभिनेता खड्का

काठमाडौँ । अभिनेता प्रदीप खड्काले चलचित्र ‘प्रकाश’लाई हलमा प्रदर्शनका लागि स्थान नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले नेपाली कथावस्तु बोकेको बौद्धिक चलचित्रलाई हलहरूले प्रदर्शनको लागि स्थान नदिएको आरोप लगाएका हुन् । उनले दर्शकको माग आइरहेको अवस्थामा आफूलाई निशाना बनाएर हलहरूले स्थान नदिएको बताए ।
‘सीधाभन्दा ओपन कम्पिटिशन हो, बाहिरको फिल्म पनि आएका छन्, हामी पनि जान्छौँ, सामान्य कुरा हो, तर बायसनेस भयो कि भएन भन्नेकुरा मात्रै हो मेरो, हाम्रो फिल्म मास अपिलिङ भनेर लाग्दैन होला, तर यो फिल्म झुर नै हो, फिल्म इण्डष्ट्रिको लागि कलंक नै हो भनेर पनि त कसैले भन्न त सक्दैन नि,’ उनले भने ।
अभिनेता खड्काले प्रकाशलाई ३ बजेपछिको शोजहरू नदिएको र बिहानको शो पनि नदिएको बताए । उनले ठूलो हलहरूले नेपाली फिल्मलाई बेवास्ता गरेको भन्दै अब फिल्म चोकचोकमा प्रोजेक्टर लगाएर देखाउनु पर्ने भएको अवस्था आएको बताए । उनले प्रकाश फिल्म पैसा कमाउनका लागि नभई कर्णालीको कथा देखाउने उद्देश्य रहेको बताए ।
‘फिल्म बनाएका छौँ, हल नपाएपछि अब हल त बनाउन सकिँदैन, चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म देखाउन पर्ने भएको छ, हामीलाई पैसा कमाउने होइन, कर्णालीको कथा देखाउनु थियो, यदि, शो पाइएन भने चोक चोकमा प्रोजेक्टर लगाएर फिल्म चलाउने हो, कतै न कतै नियतमा खोट छ,’ उनले थपे ।















धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया