ठूलो परिमाणमा गाँजासहित दुई जना पक्राउ
मेरोन्यूज
२०७९ भदौ १० गते २१:४७
काठमाडौँ । मकवानपुर प्रहरीले ३४० किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार विषेश सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कैलाश गाउँपालिकाको नामटारबाट हेटौँडा आउँदै गरेको ना ७ ख ३९८७ नं को आइचर ट्रकमा २५६ किलो र ना ८ ख २७१८ नं को अर्को आइचर ट्रकमा ७५ किलो गाँजा बरामद गरेको जानकारी दिएको छ ।
प्रहरीले २५६ किलो गाँजा फेला परेका ट्रकका चालक भीमफेदी ९ महाभिरका ३५ वर्षीय प्रकाश लामालाई ट्रकसहित नियन्त्रणमा लिएको र अर्का ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, प्रहरीले चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख २२०८ नंको बस जाँच गर्दा रौतहट २७ वर्षीय लखिन्द्र बैठाको साथबाट साढे नौ किलो गाँजा बरामद भएको जनाएको छ ।
सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया