श्रीलंकाका बालबालिकालाई अमेरिकाले दियो तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले अमेरिकी कृषि मन्त्रालय (यूएसडीए)मार्फत् र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा श्रीलंकाका विद्यालयका बालबालिकाको पोषणका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग गरेको छ ।
‘अमेरिकी जनताबाट प्राप्त यो दानले सबैभन्दा आर्थिकरूपमा कमजोर श्रीलंकाका बालबालिकालाई लक्षित गर्दछ र उनीहरूलाई खाद्यान्न अभावको चिन्ताबाट मुक्त गरी विद्यालयको पढाईमा ध्यान केन्द्रित गर्न सक्षम बनाउने छ ।
श्रीलंकास्थित अमेरिकी दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै श्रीलंकालीलाई देशको स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटबाट अघि बढ्न सहयोग गर्ने अमेरिकी प्रतिबद्धताको प्रमाण सहयोग गरिएका पौष्टिक खाद्यान्न हुने छ ।’
राजदूत चुङ, श्रीलंकाका शिक्षामन्त्री सुसिल प्रेमजयन्था, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय योजना विभाग र सेभ द चिल्ड्रेनका प्रतिनिधिको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
यो सहयोग ‘यूएसडीए म्याकगभर्न डोल इन्टरनेसनल फुड फर एजुकेसन एण्ड चाइल्ड न्युट्रिसन प्रोग्राम’को एक हिस्सा हो । भोकमरी कम गरेर साक्षरता र विद्यालय उपस्थिति सुधार गर्न खाद्य असुरक्षितलाई तत्काल आपतकालीन सहायता प्रदान गर्ने उद्देश्यले पाँच वर्षको दुई करोड ६० लाख अमेरिकी डलरको परियोजना हो ।
‘यूएसडीए र यसको साझेदार सेभ द चिल्ड्रेनले श्रीलंका सरकार र स्थानीय समुदायसँग मिलेर सबैभन्दा बढी खाँचोमा परेकालाई खाना पुर्याउन काम गरिरहेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यो सहयोगले विश्वव्यापी रूपमा खाद्य सुरक्षा अभियानलाई विस्तार गर्न र जीवन बचाउन र दुःख कम गर्न तत्काल आपतकालीन सहायताको रेकर्ड मात्रा प्रदान गर्न अमेरिकीे प्रयासलाई प्रतिबिम्बित गर्दछ ।’
यसका अतिरिक्त अमेरिकाले यस वर्ष श्रीलकालाई १७ करोड ९० लाख अमेरिकी डलरभन्दा बढी को नयाँ सहायता को घोषणा गरेको छ । जूनयता मात्र करिब तीन करोड २० लाख अमेरिकी डलर नयाँ मानवीय र प्राविधिक सहायता श्रीलंका आएको छ ।
यसै महिनाको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आसियान क्षेत्रीय मञ्चको सम्मेलनका क्रममा श्रीलंकाका विदेशमन्त्री अली साबरीलाई नोमपेनमा भटेका थिए ।
श्रीलंकामा खाद्यान्न र इन्धनको अभावले ठूलो सङ्ख्यामा मानिस प्रभावित हुँदा देशले गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ । कोभिड १९ को महामारी सुरु भएदेखि नै यहाँको अर्थतन्त्र प्रभावित रहेको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया