एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले भने-‘आफूले आफैंलाई उम्मेदवार घोषणा गर्दै नहिँड्नु’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नगरी आफैं उम्मेदवारी घोषणा गर्दै नहिँड्न नेताहरुलाई निर्देशन दिएका छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष ओलीले पार्टीले सबै कुराको विचार गरेर उम्मेदवार तय गर्ने बताए ।
अध्यक्ष ओलीको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य कमला बोहोराले भनिन्-आफूले आफूलाई उम्मेदवार घोषणा गर्ने होइन, पार्टीले उठाए चुनाव लड्ने, नत्र अर्को उम्मेदवार जसलाई पार्टीले उठाउँछ उसलाई जिताउने हो । पार्टीलाई हराउन लागे सैह्य हुँदैन ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाललाई एमालेको विचार प्रवाह गर्ने र पार्टीको पक्षमा जनतालाई प्रष्ट पार्ने माध्यमका रुपमा उपयोग गर्नसमेत निर्देशन दिएका छन् ।
ओलीले पार्टीको नीतिविपरीत नहिँड्न र बाहिर विरोधीहरुको बीच लोकप्रिय बन्नका लागि पार्टीलाई घाटा हुने अभिव्यक्ति नदिनसमेत आग्रह गरेका छ ।
वाम गठबन्धनको प्रस्ताव पेश गरेका घनश्याम भुसाल लगायतका नेतालाई जवाफ दिदै ओलीले भने–तरवार लिएकासँग मित लाउन सकिन्न । एमालेलाई सिध्याउन दक्षिणपन्थी शक्तिको भरिया बनेकाहरु कम्युनिस्ट हुन सक्दैनन् । यिनीहरुसँग् एकता र सहकार्य हुन सक्दैन ।

















सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली
भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् : राष्ट्रपति पौडेल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया