महोत्तरीमा शिक्षकको कुटाइबाट ६ कक्षामा पढ्ने छात्रा घाइते

महोत्तरी । औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालययमा अध्यणरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् । कक्षा-६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएकाे खुलेकाे छ । छात्राकाे अहिले अस्पतालमा उपचार भइरहेकाे छ ।
कक्षा-६ विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै उनीमाती निर्घात कुटेकाे गरेको परिवारको आराेप छ । बलिकाकाे शरीरभरी लठ्ठीकाे सुम्ला छ ।यसैको पीडाले ज्वरो आएको उपचारमा सग्लन स्वास्थ्यकर्मीले जानकारी दिए ।
विद्यालयले पनि शिक्षक यादवले कुटेकाे स्विकार गरेको छ । कुटाईपछि हो-हल्ला भएपछि-अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ । `विद्यालयका प्रधानध्यापक शिवशरण यादवले हामीलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजे । तर हामीले मानेनौँ ।´ बलिकाका बुबा साजेन्द्र महराले भने । `हामी शिक्षकलाई कडा कारवाही होस् भन्ने चाहान्छौँ ।´

‘शिक्षक यादवको यातनाकै कारण बालिका त्रसित बनेकी छिन् । अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँछिन ।´ उनकी आमा सुन्दरकलाले भनिन् ।
प्रधानध्यापक शिवशरण यादवले घटनामाथि छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने पीडित पक्षलाई आश्वासन दिएका छन् ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया