महोत्तरीमा शिक्षकको कुटाइबाट ६ कक्षामा पढ्ने छात्रा घाइते

महोत्तरी । औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालययमा अध्यणरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् । कक्षा-६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएकाे खुलेकाे छ । छात्राकाे अहिले अस्पतालमा उपचार भइरहेकाे छ ।
कक्षा-६ विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै उनीमाती निर्घात कुटेकाे गरेको परिवारको आराेप छ । बलिकाकाे शरीरभरी लठ्ठीकाे सुम्ला छ ।यसैको पीडाले ज्वरो आएको उपचारमा सग्लन स्वास्थ्यकर्मीले जानकारी दिए ।
विद्यालयले पनि शिक्षक यादवले कुटेकाे स्विकार गरेको छ । कुटाईपछि हो-हल्ला भएपछि-अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ । `विद्यालयका प्रधानध्यापक शिवशरण यादवले हामीलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजे । तर हामीले मानेनौँ ।´ बलिकाका बुबा साजेन्द्र महराले भने । `हामी शिक्षकलाई कडा कारवाही होस् भन्ने चाहान्छौँ ।´

‘शिक्षक यादवको यातनाकै कारण बालिका त्रसित बनेकी छिन् । अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँछिन ।´ उनकी आमा सुन्दरकलाले भनिन् ।
प्रधानध्यापक शिवशरण यादवले घटनामाथि छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने पीडित पक्षलाई आश्वासन दिएका छन् ।

















५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउँछौं : गगन थापा
देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली
दक्षिणी पाकिस्तानको आवासीय भवनमा विस्फोट हुँदा छ जनाको मृत्यु, १२ घाइते
प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगैसुशासनबाट सम्भवः मुख्यमन्त्री आचार्य
President Paudel attends Democracy Day celebration main function
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
प्रतिक्रिया