बिहीबार, फागुन ७, २०८२

माओवादीको बागमतीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको वैठक जारी

मेरोन्यूज २०७९ भदौ १२ गते ११:४७

काठमाडौं । नेकपा (माओवादी केन्द्र) पदाधिकारी चयन पछि पार्टीका प्रदेश स्तरीय र्बैठकमा केन्द्रीत हुन थालेको छ । पार्टी केन्द्रीय समिति सदस्य र प्रदेश पदाधिकारीको बैठकमा माओवादी जुटेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

भदौं ८ देखि १८ गतेसम्म माओवादीले प्रदेश पदाधिकारी र सम्वन्धित प्रदेशकाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको संयुक्त बैठक तय गरेको थियो । सोही अनुसार भदौं ८ को मधेस प्रदेशको बैठक रोकेर अन्य प्रदेशको बैठक भने माओवादीले निरन्तर चलाईरहेको छ ।

मधेस प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका सचिव गणेश साह अमेरिका भ्रमणमा रहेका कारण मधेस प्रदेशको बैठक भने सवै भन्दा अन्तिममा राखेर अन्य प्रदेशको बैठक र बैठकबाट निर्वाचन तयारीका योजनाहरु ब्नाउन माओवादी जुटिरहेको छ । त्यही क्रममा आइतबार बागमती प्रदेशबाट पार्टी केन्द्रीय समितिमा रहेका नेताहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठक अहिले ललितपुरको सिद्धार्थ कटेजमा जारी छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्धय पम्फा भुसाल र हरिवोल गजुरेल, सचिव तथा बागमति प्रदेश इन्चार्ज हितमान शाक्य लगायतका नेताहरुको सहभागिता रहेको छ ।

माओवादीले बैठकमार्फत नेताहरुलाई चुनाव लक्षित प्रशिक्षण गर्ने र रणनीति बनाउने गदैं आईरहेको जनाएको छ । यस अगाडी उसले प्रदेश १ र लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक सम्पन्न गरिसकेको छ । प्रदेश १ मा भदौं १० र लुम्बिनी प्रदेशमा भदौं ११ गते माओवादीले केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक सम्पन्न गरिसकेको छ ।

सोमबार अब उपत्यका विशेष प्रदेशको पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बैठक काठमाडौंमा नै बोलाइएको छ । त्यसपछि सम्र्पक मञ्च प्रदेशको भदौं १५, कर्णाली प्रदेशको भदौं १६, सुदुरपश्चिम प्रदेशको भदौं १७ र गण्डकी प्रदेशको वैठक तय गरेको छ ।

प्रतिक्रिया