नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

काठमाडौँ । स्कोडाले कायलाकलाई नेपालका चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनाङ, ढोरपाटन र तीनजुरेमा सफलतापूर्वक परीक्षण गरेको छ ।
यी क्षेत्र ठाडो उकालो–ओरालो, बिग्रे भत्केका सडक, साँघुरा मोड र छिटो बदलिने मौसमका कारण नेपाली चालकहरूबीच कठिन मार्गका रूपमा चिनिन्छन् । कायलाकलाई वास्तविक भौगोलिक अवस्थामै परीक्षण गरेर स्कोडाले यस एसयुभी नेपाली सडकका दैनिक चुनौतीका लागि तयार रहेको स्पष्ट पारेको कम्पनीको भनाइ छ ।
हालै हिमालय टिभीमा प्रसारित ‘द फ्याब शो’ कार्यक्रममा घुमन्ते टीमका चर्चित ट्राभल भ्लगर मनिष रुचालले स्कोडा कायलाकमार्फत ढोरपाटनको यात्रा अनुभव साझा गर्दै ढोरपाटनका चुनौतीपूर्ण सडकमा आत्मविश्वास नडगमगाएको बताए । ‘गाडीको प्रभावशाली टर्क र पावरले हरेक अवरोध सहजै पार गर्यो, जसले यात्रालाई अविस्मरणीय बनायो,’ उनले भने ।
यी सबै परीक्षणले कायलाक नेपालको विविधतायुक्त सडक वातावरणका लागि उपयुक्त रहेको पुष्टि गर्ने कम्पनीको भनाइ छ । स्कोडाको युरोपेली इन्जिनियरिङ आधारमा निर्मित यस एसयुभीले स्थिर ह्यान्डलिङ, बलियो ग्रिप र अचानक बदलिने सडक अवस्थामा समेत निरन्तर प्रदर्शन प्रदान गर्ने कम्पनीको भनाइ छ । यसले कायलाक केवल शहरका लागि मात्र नभई नेपालका पहाड र राजमार्गका लागि पनि तयार गरिएको एसयूभी भएको सन्देश दिने कम्पनीको भनाइ छ ।
















पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया