शनिबार, वैशाख २६, २०८३

त्रिविले भन्यो-प्रश्नपत्र हुबहु निकाल्नेमाथि कारबाही गरियो, नाम सार्वजनिक गर्न मिल्दैन

मेरोन्यूज २०७९ भदौ १२ गते ११:४९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र निकाल्न संलग्न रहेकाहरूमाथि छानबिन गरी कारबाही गरिएको बताएको छ।
आइतबार पत्रकार सम्मेलन गर्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले गत वर्ष सोधिएको प्रश्नपत्र यसपालि परीक्षामा पनि हुबहु निकाल्नेहरूमाथि कारबाही गरिएको बताएका छन् ।
उनले हुबहु प्रश्न सोधिएकाबारेमा कारबाही गरिएको बताए । उनले भने, यो संवेदनशील विषय भएकोले नामचाहिँ सार्वजनिक गर्न मिल्दैन। सुरक्षाका कारणले हो। नाम सार्वजनिक गर्दा सुरक्षाको खतरा हुन्छ । ’

Advertisement
NiccNicc

त्रिविले गत जेठ १८ मा लिएको पब्लिक इकोनोमिक्स र २३ को इन्टरनेशनल पोलिटिक्स परीक्षामा प्रश्नपत्र पुरानै दोहोर्‍याएपछि विरोध भएको थियो।

नाम सार्वजनिक गर्दा सुरक्षाको खतरा हुने त्रिविको भनाइ छ। विगतमा दुई जना शिक्षकको हत्या भएको पनि त्रिविले बताएको छ।

प्रतिक्रिया