बुधबार, वैशाख १६, २०८३

पाकिस्तानमा बाढी : हजार जनाभन्दा बढीको मृत्यु, नौ लाख घरमा क्षति

मेरोन्यूज २०७९ भदौ १२ गते १५:०१

काठमाडौँ । पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी हजार जनाभन्दा बढीको मृत्यु भएको छ । घटनामा सयौँ घाइते भएका छन् । बाढी पहिरोका कारण हजारौँ विस्थापित भएका छन् ।

Advertisement
NiccNicc

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा बाढी पहिरोबाट हालसम्म एक हजार ३३ जनाको मृत्यु भएको छ । यस्तै, एक हजार ५२७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ११९ जनाको मृत्यु हुँदा ७१ जना घाइते भएका छन् ।

बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी पहिरोबाट अति प्रभावित भएका छन् । बाढी पहिरोले तीन हजार ४५१ किलोमिटर सडक बगाएको, १४९ पुल भत्काएको, १७० पसल बगाएको, नौ लाख ४९ हजार आठ सय ५८ घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् ।

प्रतिक्रिया