भारतमा कानुनविपरीत बनेका दुई टावर नौ सेकेण्डमै भत्काइयो (भिडियोसहित)
मेरोन्यूज
२०७९ भदौ १२ गते १५:१४

काठमाडौँ । भारतको नोयडामा कानुनविपरीत बनाएको दुई अग्ला भवनहरू (टावर) भत्काइएको छ । उक्त ३२ र ३१ तले घर भत्काउन जम्मा नौ सेकेण्ड मात्रै लागेको समाचारमा जनाइएको छ ।
सुपरटेक बिल्डरले निर्माण गरेका यी दुई भवनलाई एपेक्स र केयन नामले चिनिँदै आएको थियो । टावर भत्काउन तीन हजार ७०० किलो विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।
भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खाली गराइएको थियो । यस्तै, आसपासको सडक बन्द गरिएको थियो ।
सुपरटेकले भवन आचारसंहिताको उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको थियो । भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने खर्च कम्पनीले नै खर्च गर्ने भएको छ । एजेन्सी
भिडियो : टाइम्स अफ इण्डिया
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया