डा. के.सीले सरकारलाई दिए ‘अल्टिमेटम’, माग पूरा नगरेको आरोप

काठमाडौँ । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकारलाई ‘अल्टिमेटम’ दिएका छन् । सरकारले बारम्बार सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै उनले १४ दिनको अल्टिमेटम दिएका हुन् ।
उनले यसअगाडिको केपी शर्मा ओली सरकारले माफियाहरूको स्वार्थमा कानुन बनाउनेदेखि नियामक निकायका पदाधिकारीहरूलाई धम्क्याउने तथा भ्रष्ट र ठगीमा मुछिएका व्यक्तिलाई दलीय बफादारीका आधारमा पदाधिकारीमा नियुक्ति दिने गरेको आरोप लगाएका छन् । थियो ।
यस्तै, शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि केही सुधार होला भने पनि त्यसविपरीत स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रलाई थप अस्तव्यस्त पारेको भन्दै डा. के.सी.ल तिनलाई रोक्नु पर्ने भन्दै चेतावनी दिएको हो ।
‘मागअनुसारका काम पूरा गर्न सरकारी पक्षले केही समय मागेकाले सत्याग्रहको कार्यक्रम दुई साता सारेका छौँ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबीच ती सबै कामहरू नभएमा यही भदौ २७ गतेदेखि सत्याग्रह सुरु गर्ने जानकारी गराउँछौँ ।’
आफ्नो धारणा सार्वजनिक गर्न डा. के.सी.ले पत्रकार सम्मेलन गरेका थिए ।
















मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया