डा. के.सीले सरकारलाई दिए ‘अल्टिमेटम’, माग पूरा नगरेको आरोप

काठमाडौँ । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकारलाई ‘अल्टिमेटम’ दिएका छन् । सरकारले बारम्बार सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै उनले १४ दिनको अल्टिमेटम दिएका हुन् ।
उनले यसअगाडिको केपी शर्मा ओली सरकारले माफियाहरूको स्वार्थमा कानुन बनाउनेदेखि नियामक निकायका पदाधिकारीहरूलाई धम्क्याउने तथा भ्रष्ट र ठगीमा मुछिएका व्यक्तिलाई दलीय बफादारीका आधारमा पदाधिकारीमा नियुक्ति दिने गरेको आरोप लगाएका छन् । थियो ।
यस्तै, शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि केही सुधार होला भने पनि त्यसविपरीत स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रलाई थप अस्तव्यस्त पारेको भन्दै डा. के.सी.ल तिनलाई रोक्नु पर्ने भन्दै चेतावनी दिएको हो ।
‘मागअनुसारका काम पूरा गर्न सरकारी पक्षले केही समय मागेकाले सत्याग्रहको कार्यक्रम दुई साता सारेका छौँ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबीच ती सबै कामहरू नभएमा यही भदौ २७ गतेदेखि सत्याग्रह सुरु गर्ने जानकारी गराउँछौँ ।’
आफ्नो धारणा सार्वजनिक गर्न डा. के.सी.ले पत्रकार सम्मेलन गरेका थिए ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
प्रतिक्रिया