चुनाव बहिस्कार गर्छौं : बास्तोला

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने बताएको छ । नेत्रविक्रम चन्द विप्लवको पार्टीबाट अलग भएर बनेको नेकपा बहुमतले आइतबार काठमाडौंको संवाद डवलीमा पत्रकार सम्मेलन गरी तीनबुँदे सहमतिबाट सरकार पछि हटेको आरोप समेत लगाएको छ ।
तत्कालिन केपी ओली नेतृत्वको सरकार हुँदा २०७७ फागुन २१ मा तत्कालिन नेकपा र सरकारका वीचमा वन्दी रिहाई गर्ने, झुटटा मुद्दा खारेज गर्ने लगायत तीन बुँदे सहमति भएको थियो । त्यसपछि विप्लवको पार्टी सार्वजनिक भएको थियो ।
आइतबार पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले तत्कालिन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार गैरजिम्मेवार भएको बताए । उनले सरकारले सहमति कार्यान्वयन गर्नेभन्दा षड्यन्त्रमा लागेको बताउँदै सडक संघर्षमा जाने चेतावनी दिए ।
‘हामीसहित तत्कालिन नेकपा र ओली नेतृत्वको सरकारबीच भएको सहमतिबाट देउवा नेतृत्वको वर्तमान सरकार पछि हटेको छ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकार सहमतिबाट पछि हट्न स्वतन्त्र छ भने हामी पनि संघर्षमा जान स्वतन्त्र छौं’ संयोजक बास्तोलाले भने ।
संयोजक बास्तोलाले सहमतिबाट पछि हटेर सरकारले ३२२ मुद्धा फिर्ता लिन नसकिने बताएको बताए । उनले भने, ‘सरकारले सहमतिबाट पछि हटेर ३२२ मुद्धा फिर्ता लिन नसकिने बताएको छ । यो भनेको गम्भीर कुरा हो । यसले समस्या समाधान होइन थप जटिलता ल्याउछ ।’
बास्तोलाले सरकारलाई सहमति कार्यान्वयन गरी बन्दीलाई तत्काल रिहा गर्न आग्रह समेत गरे । एक अर्को प्रसंगमा संयोजक बास्तोलाले प्रदेश र संघको चुनाव आफ्नो पार्टीले बहिस्कार गर्ने बताए । अहिलेको व्यवस्थामा हुने चुनावले जनताका समस्या समाधान नगर्ने बताउँदै आफ्नो पार्टी सहभागी नहुने बास्तोलाले प्रष्ट पारे । उनले भने, “यो व्यवस्था नै जनता विरोधी छ । यो दलाल संसदीय व्यवस्था रहेसम्म हुने चुनावको नतिजा पनि दलालकै पक्षमा हुन्छ, यसबाट जनताले केही पाउँदैनन् ।” उनले यो व्यवस्थामा हुने चुनावमा जनताका प्रतिनिधि नभएर दलालकै प्रतिनिधिहरुले जित्ने बताए ।
नेकपा (बहुमत) ले नागरिकता विधेयक खारेज गर्न माग समेत गरेको छ । संयोजक बास्तोलाले भारतीयलाई नागरिकता दिन नागरिकता विधेयक ल्याएको बताउँदै खारेज गर्नुपर्ने बताए । उनले भने, “नागरिकता विधेयक देश र जनताको हितमा छैन भन्ने हाम्रो पार्टीका धारणा छ, राष्ट्रपतिले फिर्ता गर्नुभएको छ तर फेरि हुबहु पारित गरेर पठाउने तयारी भइरहेको छ । यसका विरुद्ध आम नागरिकता एकजुट हुनुपर्छ ।”
उनले नागरिकता विधेयकमा एमालेले दोहोरो चरित्र देखाएको बताए । आफू सरकारमा हुँदा अध्यादेश ल्याउन र अहिले भोट बटुल्न मात्रै विरोध गरेको बताए । “एमालेले बाहिर भोट बटुल्न नागरिकता विधेयकको विरोध गरेको छ तर भित्रभित्रै ठिकै भयो भन्ने ठानेको छ । एमाले सरकारमा भएको भए उसले पनि यही विधेयक ल्याउथ्यो” बास्तोलाले भने ।
भारतले नागरिक हस्ताक्षेप गर्न नागरिकता विधेयक ल्याएको बताउँदै नेकपा बहुमतले खारेज गर्न माग पनि गरेको छ ।
त्यसैगरी संयोजक बास्तोलाले कालो धन कमाएका सरकारका उच्च अधिकारीले मिटरब्याजी भएको आफ्नो पार्टीलाई सूचना आइरहेको बताउँदै त्यस्तालाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । मिटर ब्याज तिर्न नसक्दा नागरिकले आत्महत्या गर्दासम्म सरकार मुख दर्शक बनेको भन्दै संयोजक बास्तोलाले आफ्नो पार्टी कारवाही गर्न बाध्य हुने बताए ।
कार्यक्रममा बोल्दै बास्तोलाले काठमाडौंँका मेयर बालेन्द्र साहले सडकमा व्यवसाय गरेर जीवन गुजरा गरिरहेकाहरुको उठिबास लगाएको बताए । उनले आफ्नो पार्टी विना बिकल्प नागरिकलाई सडकबाट उठिबास लगाउन नहुने पक्षमा रहेका बताए । बास्तोलाले अल्फाबिटाका संचालक जस्ता माफियाले मिचेर बनाएको संरचना भत्काउनु ठिक भएको बताए ।

















मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली
President, Vice-President’s greetings on Democracy Day
Two killed, two injured in road accident
14 days to HoR elections: ‘Temporary Voter List Procedure 2082’ issued
यस्ताे छ आज सुनचाँदीकाे मूल्य
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
प्रतिक्रिया