जुम्लामा ५० करोड रुपैयाँको स्याउ उत्पादन, प्रतिकेजी ५५ मा बिक्री हुँदै

काठमाडौँ । स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाका सबै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् ।
धेरै किसानले स्याउ टिपेर बिक्री गरी राम्रै आम्दानी लगिसकेका छन् । स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आएको छ ।
यद्यपि, गएका वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।
निमित्त कार्यालय प्रमुख अधिकारीका अनुसार चार हजार १२० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ फलेको अनुमान गरिएको छ । ‘त्यसमा ५० प्रतिशत परिमाण घटाउँदा नौ हजार मेट्रिकटन स्याउप्रति केजी ५५ रुपैयाँका दरले बाहिर निर्यात हुँदा जुम्लालाई करिब ५० करोड आम्दानी हुन्छ,’ उनले भने, ‘तत्कालै शीत भण्डारको व्यवस्था नहुँदा अझै किसानले बढी लाभ लिन नपाउने अवस्था यथावतै छ ।’
स्याउ निर्यातको तथ्यांक राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरीलाई तथ्यांक संकलनको जिम्मा दिइएको उनले बताए । त्यस्तै, जुम्ला विमानस्थलबाट बाहिरिने स्याउको तथ्यांक संकलन गर्न विमानस्थल प्रहरीलाई जिम्मा दिइएको छ । खास स्याउ कति परिमाणमा बाहिरियो भन्ने पूर्ण तथ्यांक आउन भने केही समय लाग्ने देखिन्छ ।
जुम्लामा अहिले ग्रेड सी लेभलको स्याउप्रति केजी ४० र ए ग्रेडको स्याउ प्रतिकेजी ६० भन्दामाथि बिक्री भइरहेको छ । कार्यालय प्रमुख अधिकारीका अनुसार सहजकर्ता, थोक बिक्रेता हुँदै खुद्रा व्यापारी भएर स्याउ बजारमा जानु पर्नेमा स्याउ कृषक स्वयं व्यापारी बन्दा उनीहरूले अपेक्षाकृत मूल्य पाउनेभन्दा दुःख बढी व्यहोरेका छन् । स्याउ भने दैनिक जुम्ला बाहिर गइरहेको छ ।

















Developing country requires energy of youth, vision of experienced generation: UML Chair
सर्लाहीमा गोली लागेर एक बालक घाइते
मार्सल ल प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
यस्तो छ रास्वपाको वाचापत्र (पूर्णपाठ)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
खुल्यो तुम्लिङटार विमानस्थल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
प्रतिक्रिया