नक्सा पासविनै सुन्धाराको काठमाडौँ मल निर्माण, दुई तला पार्किङ गर्न खुलाउने
मेरोन्यूज
२०७९ भदौ १२ गते १६:५२

काठमाडौँ । सुन्धारास्थित काठमाडौँ मलको भवन नक्सा पासविना निर्माण भएको पाइएको छ । महानगरपालिकाले अवैध संरचना भत्काउन थालेपछि उक्त कुरा बाहिर आएको हो ।
काठमाडौँ महानगरले गत बुधबार मात्र मलअगाडिका अवैध संरचनामा डोजर लगाएर भत्काएको थियो । कर्मचारी सञ्चय कोषको उक्त भवनको नक्सा पास, भवन निर्माण इजजात र पार्किङ नभएपछि आज महानगर र कोषको पक्षबीच छलफल भएको छ ।
छलफलपछि नगर प्रहरीका उपरीक्षक राजु पाण्डेले कोषले पार्किङ गर्न भवन खुला गराउने सहमति भएको जानकारी दिए । उनका अनुसार भवनको दुई तलामा पार्किङ खुला गर्ने सहमति भएको हो । त्यसपछि महानगरले नक्सा पास र भवन इजाजतको अनुमतिका लागि प्रक्रिया थाल्ने सहमति भएको छ ।
योसँगै मलले २०५७ सालमा पेस गरेको नक्साअनुसार महानगरले नक्सा पास गर्ने प्रक्रिया थाल्ने छ ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया