प्रचण्डको निर्देशन : चुनावपछि प्रत्यक्ष राष्ट्रपति माग गर्दै आन्दोलन गर्नु पर्छ
मेरोन्यूज
२०७९ भदौ १२ गते १७:३०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघ र प्रदेशसभा निर्वाचनपछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्न आन्दोलन गर्नु पर्ने बताएका छन् ।
आइतबार माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनावअघि यी काम पूरा गर्न सम्भव नभएको बताएका थिए । यस आन्दोलन पूरा गर्न तयार अवस्थामा बस्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रचण्डले निर्देशन दिएको माओवादी केन्द्रका बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले बताए।
बैठकलाई सम्बोधन गदै गर्दै प्रचण्डले अहिलेकै गठबन्धनबाट निर्वाचन लड्नेसमेत बताए । उनले कांग्रेससँग अविश्वास र नेकपा एकीकृत समाजवादीसँग अफ्ठ्यारो भए पनि मिलाएर अघि बढ्नु पर्ने धारणा राखे ।
सम्बन्धित
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया