लिबियामा झडपमा परी ३२ जनाको मृत्यु, १५९ घाइते
मेरोन्यूज
२०७९ भदौ १२ गते २१:०९
काठमाडौँ । लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको लिवियाली सञ्चारमाध्यमले जनाएका छन् ।
अरब न्यूजका अनुसार सेना र सशस्त्र समूहबीच भएको झडपमा ३२ जनाको मृत्यु भएको छ । घटनामा १५९ जना घाइते भएका छन् ।
लिवियामा सशस्त्र समूहले शुक्रबार साँझदेखि कैयौँ अस्पतालमा क्षति पुर्याउनुका साथै भवनमा आगजनी गरेका थिए । आक्रमणबाट छ वटा अस्पताल प्रभावित भएका छन् ।
एम्बुलेन्सहरु प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन् । मन्त्रालयले घटनालाई यसअघि नै ‘युद्ध अपराध’को संज्ञा दिँदै यसको निन्दा गरेको थियो ।
सन् २०१९ र २०२० मा हफ्तारले लिबियाको राजधानीलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गरेयता लिबियाको राजधानीमा भएको यो सबैभन्दा घातक हिंसा हो ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया