तिलगंगा आँखा अस्पताललाई सहयोग गर्ने अर्थमन्त्री शर्माको प्रतिबद्धता

काठमाडौँ । अर्थ मन्त्रालयले तिलगंगा आँखा अस्पतालको सेवा विस्तार गर्न सहयोग गर्ने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले अस्पतालका संस्थापक डा. सन्दुक रुइतसहितको टोलीसँग भेट गर्दै सहयोग गर्न सकारात्मक भएका हुन् ।
अर्थ मन्त्रालयका जनसम्पर्क सल्लाकार मनऋषि धितालका अनुसार गौशालामा रहेको हालको अस्पताल परिसर साँघुरो भएकाले सेवा विस्तारका लागि हेटौँडामा संरचना निर्माण गर्ने योजना रहेको डा. रुइतले बताएका थिए । त्यसका लागि टोलीले अर्थ मन्त्रालयसँग सहयोग माग गरेको थियो । मन्त्री शर्माले मन्त्रालय सहयोग गर्न तयार रहेको जवाफ दिएका थिए ।
‘अस्पतालले उत्पादन गर्ने लेन्स नेपालमा मात्र होइन धेरै देशमा निर्यात हुँदो रहेछ’, मन्त्री शर्माले भने, ‘नेपालमै ठूलो मात्रामा उत्पादन गर्दा सस्तो र सुलभ हुने देखियो, हामी छलफल गरेर के कति सहयोग गर्न सकिन्छ, गरौँला ।’
अस्पतालले हाल आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा, आँखाको प्लाष्टिक सर्जरी, बाल आँखालगायतका सेवा प्रदान गर्दै आइरहेको छ । यसैगरी विभिन्न मुलुकका प्रशिक्षार्थीले विशेषज्ञ तालिमसमेत लिने गरेका छन् ।
















महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्रतिक्रिया