शुक्रबार, वैशाख २५, २०८३

पहिरोमा परी आमाछोरीको मृत्यु, एक बालिका घाइते

मेरोन्यूज २०७९ भदौ १२ गते २१:४५

काठमाडौँ । रुकुम पश्चिममा पहिरोमा परी आमा र छोरीको मृत्यु भएको छ । एक जना घाइते भएकी छन् ।

Advertisement
NiccNicc

जाजरकोट भेरी नगरपालिका १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको हो । यस्तै, बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार बालमती आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका १ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घरतर्फ आउँदै थिइन् ।

पानी परेपछि उनीहरू रुकुम पश्चिम आठबिसकोट नगरपालिका १४ पिपलचौर स्थित एक सामुदायिक वनको भवनमा बसेका थिए । सोही क्रममा पहिरोले उनीहरूलाई पुरेको हो । प्रहरी र स्थानीयले एक छोरीलाई उद्धार गरे पनि दुई जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया