केपी ओली एमालेको सबैभन्दा मूल्यवान सम्पति : नेता रिजाल

काठमाडौँ । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओली सबैभन्दा मूल्यवान सम्पत्ति भएको बताएका छन् । उनले ओली एमालेको मूल्यवान सम्पति भएकाले जनतामाझ खडा गरेको बताए ।
नेता रिजालले देशको आशा भरोसा नेकपा एमालेका अध्यक्ष ओलीमा मात्रै रहेको भन्दै दाबी गर्दै भावी प्रधानमन्त्रीका रुपमा एमालेले उनलाई उभ्याएको बताए । एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा उभ्याउनुको कारणबारे बताएका थिए ।
कार्यक्रममा उनले ७५ वर्षको इतिहासमा ओलीको नेतृत्वको सरकारमा जत्ति कसैले काम नगरेको दाबी गरे । यसैले उनलाई विकास र निर्माणको संवाहक मान्दै अघि सारेको बताए ।
उनले राष्ट्रियता र राष्ट्रवादमा उनीजत्तिको अरु कोही नउभिएको बताउँदै वर्षैंअघिदेखिको सीमा विवाद होस्या दुई छिमेकी देशको सम्बन्ध सन्तुलनमा होस सबैमा उनी सफल रहेको बताए । यसकारण फेरि पनि उनको नेतृत्व राष्ट्रका लागि आवश्यक रहेको रिजालले बताए ।
कार्यक्रममा रिजालले कम्युनिष्ट आन्दोलनका निर्माता पनि ओली भएको दाबी गरे । अहिले कम्युनिष्ट आन्दोलनको कुरा गर्दा २०२८ साल अभि र पछि भनेर व्याख्या गर्नु पर्ने बेला आएको बर्ता । झापा आन्दोलनको नेतृत्व ओलीले नै गरेको उनको भनाइ छ । यो आन्दोलन उनैले गरेका थिए ।
















सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया