कांग्रेस र एमालेले समानुपातिक सांसद नदोहोर्याउने, के गर्ला माओवादी ?
माओवादीमा समानुपातिकबाटै तीन पटकसम्म लाभ लिने सांसदहरू पनि छन्

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी निर्वाचनमा समानुपातिक सांसदलाई फेरि समानुपातिककै रुपमा नदोहोर्याउने निर्णय लिएको छ ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेस र एमालेले समानुपातिक सांसद नदोहोर्याउने नीति बनाएकाे हो । समानुपातिक सांसद रहेकालाई फेरि त्यही पदमा सिफारिस नै नगर्न दुवै दलले आन्तरिक पार्टी कमिटीमा सर्कुलर जारी गरेका छन् ।
‘समानुपातिक मत भनेको पार्टीको लोकप्रियतामा प्राप्त हुने मत हो । यसमा सिंगो पार्टी पङ्तीको योगदान रहेको कुरा हुन्छ । समानुपातिक मत सामूहिक कमाइ हो । तसर्थ समानुपातिकतर्फको बन्द सूची तयार पार्दा सबै मिलेर कमाउने र दामासाहीमा वितरण गर्ने विषयलाई ध्यान दिनुपर्छ,’ एमाले प्रचार विभागका प्रमुखसमेत रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मेरोन्यूजसँग भने, ‘दामासाही वितरण भनेको प्राप्त अवसरको न्यायोचित वितरण हो । समानुपातिकसहित अप्रत्यक्ष रुपमा अवसर प्राप्त गरेका पार्टीका नेता वा कार्यकर्ताहरुलाई आम रुपमा दोहोर्याउन हुन्न । यस्तो क्षेत्रमा पालैपालो वितरण प्रणाली लागू गरिनु पर्छ भन्ने विधि पार्टीको केन्द्रीय समितिले बनाएको छ । जसका कारण एमालेका समानुपातिक सांसद फेरि त्यही समानुपातिककै रुपमा दोहोरिनु हुन्न ।’
कांग्रेसले त विधानमै त्यससम्बन्धि प्रष्ट व्यवस्था गरेको छ । कांग्रेस विधानको नवौँ संशोधनले पार्टीको विधानमै एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । विधानको धारा ३३ मा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन ।’
विधानको यही धारालाई टेकेर महामन्त्री गगन थापाले पार्टीका ७७ वटै जिल्ला कार्य समिति, १६५ वटै क्षेत्रीय कार्य समिति र ३३० प्रदेश कार्य समितिलाई परिपत्र पठाउँदै समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न निर्देशन दिएका छन् । जसका कारण कांग्रेसमा पनि समानुपातिकलाई फेरि दोहोरिन ढोका बन्द भएको छ ।
एमालेको केन्द्रीय कमिटीले समानुपातिकलाई फेरि दोहोर्याउने या के गर्ने ? भन्ने विषयमा एजेण्डा नै बनाएर केन्द्रीय कमिटीमा छलफल गरेको थियो । सोही छलफलपछि नदोहोर्याउने निर्णय गदै उम्मेदवार छनौटको विधि एमालेले बनाएको हो ।
यो विधि पारित भएकाले एमालेका ३० जना प्रतिनिधिसभाका अहिलेका सांसदलाई अब फेरि समानुपातिकमै सांसद बन्ने बाटो बन्द भएको छ । अब उनीहरुले कि चुनावमा टिकट लिएर प्रत्यक्षमै जितेर आउनु पर्छ । कि सांसद बन्ने रहर छाडेर बस्नु पर्ने हुन्छ ।
एमालेको निर्णयले यी सांसदहरूलाई समानुपातिकमै सांसद हुन बाटो छेकेको छ ।
विजय सुब्बा
मोहन बानियाँ
मोतीलाल दुगड
थममाया थापा
डा. शिवमाया तुम्वाहाङ्फे
सुजिता शाक्य
बिना श्रेष्ठ
तुलसा थापा
नवीना लामा
शान्ति माया तामाङ पाख्रिन
कुमारी मेचे
रेखाकुमारी झा
राधा कुमारी ज्ञवाली
बिन्दा पाण्डे
गोमा देवकोटा
सानु शिवा
निरुदेवी पाल
मनकुमारी जिसी
मायादेवी न्यौपाने
विष्णु शर्मा
सरिता न्यौपाने
मैनाकुमारी भण्डारी
तीर्था गौतम
शान्ता चौधरी
सरिताकुमारी गिरी
गंगा चौधरी
विमला विश्वकर्मा
विमला विक
आशाकुमारी विक
जुलीकुमारी महतो
कांग्रेसमा विधानले नै यी सांसदहरूलाई दोहोरिएर समानुपातिक सांसद हुन रोकेको छ ।
ती सांसदहरु यी हुन् :
बालकृष्ण खाँण
सुजाता कोइराला
मीन विश्वकर्मा
मानबहादुर विश्वकर्मा
सीतादेवी यादव
सत्यनारायण खनाल
सर्वतारा खानम
सुजाता परियार
मोहनप्रसाद पाण्डे
स्मृति नारायण चौध्री
हिरा गुरुङ
ज्ञानकुमारी छन्त्याल
अतहरकमाल मुसलमान
उमा रेग्मी
उमेश श्रेष्ठ
कर्मा घले
किशोरसिंह राठौर
चित्रलेखा यादव
जिपछिरिङ लामा
डिला संग्रौला
दिलेन्द्रप्रसाद बढु
दिव्यमणि राजभण्डारी
नमिताकुमारी चौधरी
नागेन्द्रकुमार राय
पधनारायण चौधरी
पार्वता डिसि चौधरी
पुष्पा भुसाल
प्रकाश रसाइली
प्रमिला राई
बहादुर सिंह लामा
महेन्द्रकुमार लिम्बु
मिना सुब्बा
मीना पाण्डे
मीनाक्षी झा
रामबहादुर विष्ट
रंगमति शाही
लक्ष्मी परियार
लालकाजी गुरुङ
विनोदकुमार चौधरी
विमला नेपाली
माओवादीले के गर्ला ?
कांग्रेस र एमालेले समानुपातिक सांसदहरुको सवालमा कडाइका साथ नदोहोर्याउने गरी विधि र विधानमै व्यवस्था गरेका छन् । तर, माओवादीमा यस्तो विधि विधान अहिलेसम्म बनेको छैन ।
विगतमा पनि मनामौजी ढंगले माओवादीमा समानुपातिकबाटै बारम्बार लाभ लिने सांसदहरू पनि छन् । उनीहरूको हकमा अन्य प्रमुख दुई दलले विधि बनाएर उम्मेदवार छनौटमै सिफारिस गरिसक्दा पनि माओवादी यस विषयमा मौन छ ।
‘पार्टीले निर्णय गरेको छैन । विधि बनाइसकेको छैन । तर प्रदेश १ ले उम्मेवार सिफारिस गर्दा नै नदोहोर्याउने निर्णय गरिसकेको देखिन्छ,’ माओवादी केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले मेरोन्यूजसँग भने, ‘तर हाम्रो पार्टीले पनि यसमा कडाइका साथ एउटा नीति बनाउनु पर्छ । नदोहोर्याउने नीति नै बनाएर जानु राम्रो हुन्छ ।’
माओवादीमा रेखा शर्मा, ओनसरी घर्ती, सत्या पहाडी, जयपुरी घर्तीलगायतका नेताहरु निरन्तर समानुपातिक सांसदको रुपमा दोहोरिने/तेहेरिनेसम्म भइरहेका छन् । अब पनि माओवादीले समानुपातिकका सवालमा विधि नबनाउने हो भने उनीहरु फेरि समानुपातिककै रुपमा सांसदका रुपमा आउने करिब निश्चित छ ।

समानुपातिकमा बसेका यी कतिपय नेतृहरु माओवादीका शीर्ष नेताका परिवारकै सदस्य छन् । कतिपय पार्टीको अहिले स्थायी समिति सदस्यका रुपमा पनि छन् । जसका कारण माओवादीले पनि एउटा विधि नबनाउने हो भने उनीहरु दोहोरिने र समानुपातिक सिट सधैका लागि उनीहरुकै लागि जस्तो मात्रै बन्ने छ ।
यी हुन् माओवादीका समानुपातिक सांसद
अञ्जना विशंखे
अमृता थापा
ईन्दु कुमारी शर्मा
ओनसरी घर्ति
चाँद तारा कुमारी
चुडामणि खड्का
जयपुरी घर्ती
दिल कुमारी
दुर्गा कुमारी विश्वकर्मा
धर्माशीला चापागाई
पूर्ण कुमारी सुवेदी
यशोदा गुरुङ सुवेदी
राम कुमारी चौधरी
रेखा शर्मा
वोधमाया कुमारी यादव
शशी श्रेष्ठ
सत्य पहाडी

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया