आइतबार, माघ ११, २०८२

कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राख्न अनुमति, कसुर प्रमाणित भए १ वर्ष जेल

मेरोन्यूज २०७९ भदौ १३ गते १६:०३

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार कमेडियन सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) दिनेशराज मैनालीले बताए ।

नेवा समुदायको भाषा, खाना, संस्कृतिलाई लक्षित गर्दै व्यंग्य गरेको भन्दै उनीविरूद्ध अभियन्ताहरूले कारबाहीको माग गर्दै परिसरमा जाहेरी दिएका थिए । जाहेरीपछि आइतबार परिसर पुगेका सिंहलाई प्रहरीले पक्राउ गरेको थियो । यदी उनीमाथि लगाएको कसुर प्रमाणित भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिबाना वा दुवै हुने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया