बिहीबार, फागुन ७, २०८२

कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राख्न अनुमति, कसुर प्रमाणित भए १ वर्ष जेल

मेरोन्यूज २०७९ भदौ १३ गते १६:०३

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार कमेडियन सिंहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) दिनेशराज मैनालीले बताए ।

नेवा समुदायको भाषा, खाना, संस्कृतिलाई लक्षित गर्दै व्यंग्य गरेको भन्दै उनीविरूद्ध अभियन्ताहरूले कारबाहीको माग गर्दै परिसरमा जाहेरी दिएका थिए । जाहेरीपछि आइतबार परिसर पुगेका सिंहलाई प्रहरीले पक्राउ गरेको थियो । यदी उनीमाथि लगाएको कसुर प्रमाणित भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिबाना वा दुवै हुने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया