शुक्रबार, मंसिर १२, २०८२

केन्याविरुद्ध बलिङ गर्दै नेपाल

मेरोन्यूज २०७९ भदौ १३ गते १६:०८

काठमाडौँ । केन्याविरुद्धको चौंथो टी २० अन्तर्राष्‍ट्रिय खेलमा नेपालले बलिङ गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेको हो ।

आजको खेलमा नेपालले जित निकाल्न सके एक खेलअगावै सिरिज आफ्नो बनाउने छ । पाँच खेलको टी २० सिरिजमा नेपाल २–१ ले अघि रहेको छ ।

आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको थियो । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी २० मंगलबार हुने छ ।

प्रतिक्रिया