शनिबार, पुष १२, २०८२

देशभर थप २२६ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७९ भदौ १३ गते १६:२३

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २२३ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार ११ जनामा परीक्षण हुँदा २२६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार २३५ पुगेको छ । कोरोनाबाट आज कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया