शुक्रबार, वैशाख २५, २०८३

जंगली हात्तीको आक्रमणबाट मृत्यु

मेरोन्यूज २०७९ भदौ १३ गते २१:२०

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटामा आज साँझ अबेर जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

Advertisement
NiccNicc

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार जंगली हात्तीको आक्रमणबाट शुक्लाफाटा नपा ७ सिमलफाँटाका २२ वर्षीया मीना जोशीको घटनास्थलमा मृत्यु भएको छ ।

हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ प्रवेश गरेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीयबासीको टोली पुगिसकेका छन् ।

प्रतिक्रिया