आइतबार, वैशाख २७, २०८३

बलात्कार गरी फरार अभियुक्त तीन वर्षपछि पक्राउ

मेरोन्यूज २०७९ भदौ १३ गते २१:४३

काठमाडौँ । जबरजस्ती करणीमा फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका १ का २३ वर्षीय महेन्द्र लिम्बुलाई पक्राउ गरेको हो ।

Advertisement
NiccNicc

उनलाई इलाका प्रहरी कार्यालयले चैनपुर ४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

पन्ध्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत विराटनगर धनकुटाले १८ वर्ष कैद सजाय गर्न आदेश दिएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए ।

उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश गणेश ठाकुर र छुर्पा तामाङको २०७८ मङ्सिर २९ गते इजलासले १८ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १५ हजार जरिवाना भराउन आदेश दिएको थियो ।

प्रतिक्रिया