तिजको व्रत बस्दै हुनुहुन्छ, यी कुरामा ध्यान दिनुस्

काठमाडौं । आज हरितालिका तीज । हिन्दु महलिाहरु दिनभर वत्र वसी आफनो स्वास्थ्यको पनि कतिपयले ख्याल नगर्ने गरेको पाइन्छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइयो यो तीज पर्वमा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सोही कारण पनि महिलाहरु तीजमा वत्र वस्ने गरेको पाइन्छ । तर व्रत वस्दा आफनो शरीरको भने सवैले ख्याल गर्नुपर्ने हुन्छ ।
ब्लडप्रेसर राम्रो छ । आफूलाई कुनै दीर्घरोग छैन भने व्रत बस्दा हुन्छ । तर, पानी नखाई कसैले पनि व्रत बस्नुहुँदैन । मधुमेहको औषधि लिइरहेकाहरूले व्रत बस्न हुँदैन । केही नखाँदा उनीहरू ढल्ने जोखिम हुन्छ । सुगर लो भयो भने चर्को पसिना, मुटु भड्किने, आँखा धमिलो हुने हुन्छ ।
जसको रक्तचाप पहिल्यै लो छ, उहाँहरूले केही पनि नखाई व्रत बस्दा शरीरमा नुनको मात्रा र जलवियोजन भएर अझै प्रेसर लो भएर ढल्ने सम्भावना हुन्छ । व्रत बसेर बढी नाच्ने, गाउने गर्दा नुनको मात्रा घट्ने हुँदा शरीरमा ब्लडप्रेसर घट्छ । यस्ता व्यक्तिले पनि व्रत बस्न भएन ।
मुटु, फोक्सो अथवा कुनै दीर्घरोगको औषधि खाएका बिरामीले पनि व्रत बस्न उपयुक्त हुन्न । रगतको कमी भएका वा रगतसम्बन्धी समस्या देखिएका महिला तथा भर्खरै अपरेसन गरेकाहरूले पनि व्रत बस्न हुँदैन । त्यसैगरी, गर्भवती र सुत्केरीले पनि व्रत बस्न हुँदैन । सुत्केरीलाई क्यालोरीको आवश्यकता पर्छ । आफू मात्र नभई बच्चाका लागि पनि फिडिङ गर्नुपर्ने हुन्छ । त्यसैले सुत्केरीले पनि व्रत नबस्नुस् ।
अर्धव्रत अर्थात् एक छाक खाएर व्रत बस्न सकिन्छ । होइन, तपाईंलाई पूरै दिन व्रत बस्नु छ भने दूध, फलफूल र पानी खानुस् । हाम्रो धर्म–संस्कृतिले पनि व्रतमा यी खाद्यान्न खानमा रोक लगाएको छैन ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
प्रतिक्रिया