शुक्रबार, फागुन ८, २०८२

माओवादी लमजुङको इञ्चार्जमा पौडेल र जिल्ला संयोजकमा गुरूङ चयन

मेरोन्यूज २०७९ भदौ १४ गते १७:४२

लमजुङ । नेकपा माओवादी केन्द्र लमजुङको इञ्चार्जमा केन्द्रीय सदस्य पारशमणि पौडेल र जिल्ला संयोजकमा प्रदेश सदस्य लालबहादुर गुरूङ चयन भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार पोखरामा सम्पन्न माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीको बैठकले जिल्लाको इञ्चार्जमा पौडेल र संयोजकमा गुरूङलाई चयन गरेको हो । बैठकले प्रदेश निर्वाचन ‘क’ को इञ्चार्ज केन्द्रीय सदस्य मधु अधिकारी र ‘ख’को इञ्चार्जमा केन्द्रीय सदस्य बुद्धिराम गुरुङलाई चयन गरेको छ ।

प्रदेश समिति सदस्यहरुबाट पालिका इञ्चार्जहरुमा मध्यनेपाल नगरपालिकामा राम चन्द्र पौडेल, दोर्दी गाउँपालिकामा निरजन कुवर, दूधपोखरी गाउँपालिकामा सतिमाया तामाङ, सुन्दरबजार नगरपालिकामा सुनिल सुनार, मर्स्याङ्दी गाउँपालिकामा होम बहादुर बि.क., राइनास नगरपालिकामा चन्द्र कान्त न्यौपाने, बेशिसहर नगरपालिकामा हरिजङ तामाङ र क्व्होलासोथर गाउँपालिकामा लालबहादुर गुरुङ चयन भएका छन् ।

यस्तै, लमजुङबाट प्रदेश समिति सदस्यमा नन्दबहादुर कुमाल (सवीन), अजय तामाङ जलालदिन मियाँ, यसोदा न्यौपाने सन्तोषी गौली र जुना बिकलाई थप सदस्य बनाएको छ ।

प्रतिक्रिया