निर्वाचनमा म्यादी प्रहरीको तलब ५० हजार, के-के छन् सुविधा ?

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गर्ने संघ तथा प्रदेशसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको छ । यसअघि स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना भएका थिए ।
उनीहरूका लागि कूल पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रकम विनियोजन भएको छ । कूल ४० दिनका लागि तलब, राशन, पोशाकलगायत सबै भत्तासहित जोडेर झण्डै ५० हजार हाराहारी तलब प्राप्त हुने भएको छ । यसपालि दुर्गममा खटिनेका लागि केही सेवा सुविधा थप गरिएको छ ।
म्यादी प्रहरीले प्रहरी जवान सरहको सुविधा प्राप्त गर्ने छन् । सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तीमा ४९ हजार २६० तलब प्राप्त गर्ने छन् । हिमाली तथा दुर्गममा खटिनेका लागि भने ५० हजार नाघ्ने छ ।
म्यादी प्रहरीले तलब मात्रै ३४ हजार ७६० प्राप्त गर्ने छन् । त्यसका अलावा रासनवापत सात हजार २०० पाउने छन् । तर दुर्गममा खटिनेका लागि त्यहाँको रासन बराबरकै प्राप्त गर्ने हुँदा केही थपिने छ । पोशाकका लागि छ हजार रुपैयाँ पाउने छन् । यसमा पनि हिमाली जिल्लामा खटिनेले (ज्याकेट खरिद)मा एक हजार थप पाउने छन् । हिमाली जिल्लामा १५ हजार म्यादी प्रहरी खटिनेछ ।
यस्तै, आवतजावत भाडा खर्च एक हजार दिइने छ । खाजा खर्च चार दिनको प्रतिदिन तीन सयका दरले पाउने छन् । यो खर्च भने सबै प्रहरीले पाउने छन् । म्यादी प्रहरीका लागि मापदण्ड तय हुँदैछ । आगामी असोजमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

















बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
कांग्रेसले सरकार चलाएको २०४६ देखि २०५१ स्वर्णिम युग थियो : सभापति थापा
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुंगाबाट एकजना पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया