सोमबार, वैशाख ७, २०८३

डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने

मेरोन्यूज २०८२ फागुन ७ गते १७:५५

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नाे सरकार बनेमा डोजर गरिबको झुपडीमा नभई भ्रष्टाचारीका महलहरूमा चल्ने बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बिहीबार सुर्खेतमा आयोजित पार्टीकाे सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्ताे बताएका हुन् ।

‘हाम्रो सरकार आयो भने सुकुम्बासीलाई उठाउँछ, उठीबास लगाउँछ र डोजर चलाउँछ भनेर केहीले भ्रम छरिरहेका छन्। म कर्णालीको यो भूमिबाट प्रष्ट पार्न चाहन्छु, रास्वपाको डोजर चल्यो भने सबैभन्दा पहिले देश लुट्ने भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन’ उनले भने ।

रास्वपाले सुकुम्बासी र भूमिहीनका समस्यालाई मानवीय र कानुनी दुवै कोणबाट समाधान गर्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया