नेपालले जित्यो टी-२० सिरिज, ३१ रनले केन्या पराजित

काठमाडौँ । नेपालले केन्यालाई पाँचौँ तथा अन्तिम टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पराजित गर्दै सिरिज जितेको छ । नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाए १४४ रन मात्रै बनाएको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा केन्या ३१ रनले पराजित हुँदा सिरिज नेपालको पक्षमा आएको हो । नेपालले ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । नेपालका लागि अर्जुन साउदले २९ तथा दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिएका थिए ।
यस्तै, ज्ञानेन्द्र मल्ल ४३ बलमा सर्वाधिक ५९ रन बनाएका थिए । उनले दुई छक्का र पाँच चौका प्रहार गरे । यसैगरी, रोहित पौडेलले ४७ रन बनाए । उनी अर्धशतक बनाउनबाट चुके । उनले ७ चौका प्रहार गरे ।
खेलमा अदिल अलामले ४ रन बनाउँदा विवेक कुमार यादवले २ रन बनाएर आउट भए । करण केसी २ रन बनाउँदै नटआउट हुँदा सोमपाल कामीले शून्य रनमा नटआउट भएका थिए ।
बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछने, दिपेन्द्र सिंह ऐरी र वसिर अहमदले समान दुई-दुई विकेट लिए । यस्तै, अदिल आलमले एक विकेट लिए ।
केन्याका लागि शेम एद्दगोचे, नेहेमिह ओडिएम्बो र भिराज पटेलले दुई-दुई विकेट लिए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया