मंगलबार, पुष ८, २०८२

देशद्रोहको मुद्दामा रुसी पत्रकारलाई २४ वर्षको जेल सजाय माग

मेरोन्यूज २०७९ भदौ १४ गते २०:५१

काठमाडौँ । रूसी अभियोजकले मंगलबार पत्रकार इभान सफ्रोनोभलाई २४ वर्षको जेल सजायको माग गरेका छन् ।

उनलाई राज्यको गोपनीयता भंग गरेको आरोपमा देशद्रोहको आरोप लगाइएको रूसी समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

‘अभियोजकले इभानलाई कडा शासनको दण्डको महलअन्तर्गत २४ वर्षको सजाय माग गरेका छन्,’ सफ्रोनोभका वकिल दिमित्री काचेभले सुनुवाइ पछि सो कुरा सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया