नासाले शनिबार नयाँ चन्द्र रकेट प्रक्षेपण गर्दै
मेरोन्यूज
२०७९ भदौ १५ गते ७:१२

न्युयोर्क / नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट प्रक्षेपण गर्न दोस्रो पटक प्रयास गर्ने भएको छ । हप्ताको सुरुमा परीक्षण उडान रद्द भएपछि शनिबार दोस्रो पटक रकेट प्रक्षेप गर्न लागेको हो ।
स्थानीय समयअनुसार सोमबार बिहान प्रक्षेपणको लागि योजना गरिएको थियो तर रकेटका चार आरएस २५ इन्जिनमध्ये एउटामा प्राविधिक समस्या देखिएपछि प्रक्षेपण स्थागित गरिएको थियो ।
स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो।
शनिबार प्रक्षेपण गर्न लागिएको अन्तरिक्षयानले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै ६ सातापछि प्रशान्त महासागरमा खस्ने नासाले जनाएको छ ।
सम्बन्धित
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया